प्रेस सेन्टर नेपालको २० जिल्लामा अधिवेशन सम्पन्न
काठमाडौँ । आगामी माघ १५ गते हुने प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया सुरु भएको छ । सेन्टरको विधानमा प्रत्यक्ष निर्वाचन वा सहमतिबाट नेतृत्व चयन गर्ने भनिएको छ ।
विधान अनुसार जिल्लामा १५ सदस्य बराबर १ प्रतिनिधि र प्रदेशमा १० जना बराबर एक प्रतिनिधि निर्वाचित हुनुपर्नेछ । अहिलेसम्म २० जिल्लाको अधिवेशन सम्पन्न भएर कार्यसमिति निर्वाचित हुँदा केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट कसरी गर्ने भन्ने छलफल जारी छ । एक सय १९ सदस्यीय नयाँ कार्यसमिति करिब ८ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुने महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
‘जिल्लाजिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुँदैछ । अहिलेसम्म २० जिल्लामा अधिवेशन सम्पन्न भयो । विधान अनुसार ११९ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचित र २० जना मनोनीत हुनेछन् । महाधिवेशनबाट २९ सदस्यीय पदाधिकारी चयन हुनेछ । विधान अनुसार सहमति वा निर्वाचित प्रक्रियाबाट नयाँ कार्यसमिति चयन हुनेछ’, रातोपाटीसँग उनले भने ।
पौडेलका अनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ३ खुला उपाध्यक्ष, एक महिला, एक समावेशी निर्वाचित हुनेछन् । यसैगरी एक जना महासचिव, ५ जना उपमहासचिव र सचिवतर्फ प्रत्येक प्रदेशबाट एक/एक जना गरी ११ जना, ३ खुला, एक महिला, एक समावेशी सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण