बैंकको सिस्टममा प्रवेश गरेर एफवान सफ्ट खाताबाट ३ करोड चोरी, १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । दरबारमार्गस्थित सिटिजन्स बैंकको सिस्टम ह्याक गरेर एफवान सफ्टको ३ करोड ३९ लाख ५० हजार ३७२ रुपैयाँ चोरी भएको छ । सिस्टम ह्याक गरेर रकम चोरीमा संलग्न आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा २४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको साइबर ब्यूरोका एसपी दीपक राज अवस्थीले रातोपाटीलाई बताए ।
खाताबाट रकम चोरी भएको भन्दै एफवान सफ्टको तर्फबाट धिरज कुमार भुजेलले प्रहरीमा जाहेरी दिएका हुन् । खातामा पहुँच राखेर रकम चोरीमा संलग्न ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको एसपी अवस्थीले जानकारी दिए । ठगीमा संलग्न १५ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।
पक्राउ परेका प्रतिवादीहरूमा ललितपुर घर भएका त्रिगुण रत्न बज्राचार्य, सिराहाका राहुल ठाकुर, पुरुषोत्तम शाह, सप्तरी घर भएका कृष्ण रमण राउत, सप्तरीका संजिव कुमार शर्मा, उदयपुरका कमल थापा मगर, दीपक थापा मगर, धरान घर भएका सन्देश राई र सुनसरीका सागर कुमार शाह छन् ।
२०२४ अक्टोबर १ देखि ४ सम्म पटक पटक ह्याक गरेर खाताको रकम निकालेको भेटिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण