अस्ट्रेलिया जान झापाबाट बिदा भएर आएका थिए दम्पती, कुकुरलाई बचाउन खोज्दा दुर्घटना
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–२ स्थित सडकमा पुस १५ मा दम्पती सवार स्कुटर दुर्घटना भयो । बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटरका चालक निश्चल प्रकाशराज भण्डारीको पुस १९ मा उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भयो ।
निश्चलकी पत्नी २८ वर्षीय पूजा श्रेष्ठ स्कुटर पछाडि सवार थिइन् । दुर्घटनामा उनी घाइते भइन्, अहिले नर्भिकमा उपचार हुँदै छ ।
निश्चल प्रकाशराज भण्डारी र पूजा झापाको भद्रपुर नगरपालिकाको पूर्व उप प्रमुख चन्द्रा श्रेष्ठका छोरा बुहारी हुन् । निश्चल र पूजा दुवैजना अस्ट्रेलिया जाँदै थिए । अस्ट्रेलिया जान उनीहरू घरबाट बिदा भएर काठमाडौँ आएको थाहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले रातोपाटीलाई बताए ।
तर, प्रकाशको अस्ट्रेलिया सपना कहिल्यै पुरा नहुनेगरी अस्ताएको छ । थिमिबाट मगरगाउँतर्फ जान लाग्दा कुकुरले बाटो काट्न खोज्छ । कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रित भएको पुजाले अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् । उनको खुट्टामा चोट छ ।
३१ वर्षीय प्रकाशको पोस्टमार्टमपछि परिवारलाई शव जिम्मा लगाइएको डीएसपी नेउपानेले बताए । दुर्घटनाग्रस्त स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण