जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकास तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई क्षमता विकास तालिम दिन लागेको छ ।
‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई तालिमबाट क्षमता विकास गराउने उद्देश्यले तालिम दिन लागिएको महानगरपालिकाले जनाएको छ ।
यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायतका विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् । एसइई लक्षित सिकाइमा अवस्था अनुसार विद्यार्थीको वर्गीकरण गरिने महानगरपालिकाले जनाएको छ ।
यस्तै माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुनेछ । पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरूको तालिम हुनेछ । माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धी तालिम हुनेछ ।
रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम समेत पुस २४ देखि माघ ८ सम्म हुनेछ ।
यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने भएकोले सहभागी हुन सम्बन्धितलाई महानगरपालिकाले आग्रह गरेको छ ।
सामुदायिक विद्यालयहरूमा पुस १८ गते सुरु भएको बिदा माघ ८ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण