उत्तर भारतमा बाक्लो कुहिरो, उडान तथा रेल सेवा प्रभावित
नयाँ दिल्ली । उत्तर भारतमा बाक्लो कुहिरोका कारण जनजीवन प्रभावित भएको छ भने सयौं उडान तथा रेल सेवा प्रभावित भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उत्तर भारत हाल शीतलहरको चपेटामा छ र बाक्लो कुहिरोका कारण धेरै यात्रु र मालगाडीहरू ढिलो गरी चलिरहेका छन्।
एजेन्सीका अनुसार शनिबार बिहान दिल्ली एनसीआर क्षेत्रमा भिजिबिलिटी लगभग शून्य रहेको थियो भने तापक्रम अझै घटेको छ। दिल्ली, नोएडा, गाजियाबाद, गुरुग्रामलगायत उत्तर प्रदेश र हरियाणाका धेरै भाग बाक्लो कुहिरोबाट प्रभावित छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार दिल्ली एयरपोर्टमा धेरै उडानहरू प्रभावित भएका छन्। इन्डिगो एयरलाइन्सले आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ। दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडले ट्वीटरमा बाक्लो कुहिरोका कारण धेरै उडानहरू रद्द गर्नुपरेको लेखेको छ । साथै, यात्रुहरूलाई उडान सम्बन्धी जानकारीको लागि एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ।
इन्डिगोले शुक्रबार राति नै आफ्नो एक्स ह्यान्डलमा उडान रद्द भएको जानकारी दिएको थियो । एयरलाइन्सले उडान सुरु भएपछि पनि सेवा सामान्य हुन समय लाग्ने बताएको छ । शुक्रबार पनि बाक्लो कुहिरोका कारण ४०० उडान प्रभावित भएका थिए ।
भारतीय मौसम विज्ञान केन्द्रका अनुसार शनिबार बिहान दिल्लीको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिएको थियो र वायुको गुणस्तर अत्यन्तै खराब श्रेणीमा रेकर्ड गरिएको थियो। पछिल्लो २४ घण्टामा दिल्लीमा एक्यूआई ३७१ थियो।
अर्कोतर्फ लखनउमा तापक्रम ११.४ डिग्री सेल्सियस मापन गरिएको छ । मध्य हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण