एमाले बैठकमा ओलीको प्रतिवेदनमाथि छलफल सुरु, पहिलो दिन २७ नेताले राखे धारणा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । पहिलो दिनको बैठकमा आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार आज केन्द्रीय सदस्यहरूमा अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलावजङ्ग शाह, धर्मराज रेग्मी, विनोद शाह, ठम्मरबहादुर विष्ट, राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत, घनश्याम पाण्डे, शिवराज सुवेदी, नविन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल, खड्क बहादुर खड्काले आ–आफ्नो धारणा राखेका छन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम भोलिसम्म चल्ने छ भने बोल्नका लागि सबैलाई समय उपलब्ध गराइने उनको भनाइ छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको बैठकमा यसअघि ओलीको राजनीतिक प्रस्तावबाहेक महासचिव शंकर पोखरेलले संगठनात्मक कामको सङ्क्षिप्त जानकारी गराएका थिए ।
बैठकमा ओलीले देश विशेष परिस्थितिबाट गुज्रिरहेको र देशभक्त तथा प्रगतिशील शक्ति मजबुत बन्दै गएकाले प्रतिक्रियावादीहरू आतङ्कित भएर अस्वस्थ र झुटो प्रचारको हमलामा उत्रिइरहेको दाबी गरे ।
यस्तै अध्यक्ष ओलीले पार्टीका नेताहरूमा विपक्षीका आरोप र विरोधको खण्डन गर्नुहुँदैन भन्ने धारणा विकास भएको र पार्टी जनजनमा पुग्नुपर्छ भन्ने मान्यतामा पनि कमी आएको भन्दै केन्द्रीय कमिटीका सदस्यहरूको गम्भीर ध्यानाकर्षण गराएको गौतमले बताए ।
ओलीले भने, ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ ।’
अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सदस्यहरूलाई संगठनात्मक काममा सक्रियतासाथ लाग्न निर्देशन समेत दिएको उनको भनाइ छ ।
यस्तै आजको बैठकले समसामयिक प्रस्ताव तयार गर्न स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, खगराज अधिकारी र राजेन्द्र गौतम रहेको प्रस्ताव मस्यौदा कमिटी र पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय कमिटी सदस्यहरू निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी गठन गरेको छ ।
यस्तै आजको बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता पोलिटब्युरो र केन्द्रीय सचिवालय बैठकबाट भएका निर्णयहरू सर्वसम्मतिले अनुमोदन गरिएको गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण