ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको दाउपेचका कारण नयाँ राजनीतिक कोर्ष
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक दाउपेच, अवसरवाद र अस्थिर सोचका कारण उनीसँगको सहकार्य टुटेको बताएका छन् ।
आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डमा हावी अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचका कारण राजनीतिक स्थायित्व, सुशासन र विकास तथा जनतामा आशा भरोसा जगाउने पार्टीको इमान्दार प्रयाश सफल हुन नसकेको जिकिर गरेका छन् । प्रचण्डकै कारण गतः असारदेखि नयाँ राजनीतिक यात्रा प्रारम्भ भएको उनको भनाइ छ ।
केन्द्रीय समिति बैठकमा नयाँ राजनीतिक यात्राको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरू, मुलुकको राजनीतिमा देखा परेका नयाँ चुनौती, बदलिँदो विश्व परिवेश र भूराजनीति तथा निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि पार्टीले गर्नु पर्ने कामहरूको प्राथमिकतामा केन्द्रित रहेर गंभीर छलफल हुने ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण