विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
आइतबार, २१ पुस २०८१, २१ : २५
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता घर भएका २८ वर्षीय राकेश कुमार रावत, काभ्रेको रोशी घर भएका ३३ वर्षीय दुधराज थिङ र दाङ घर भएर ललितपुर बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ छन् ।
आकर्षक तलबको लोभ देखाएर उनीहरूले विदेश पठाउने नाममा ठगी गरेका हुन् ।
रावतले मौरिसस पठाउँछु भनेर ६ लाख ४५ हजार, थिङले क्यानडा पठाउँछु भनेर ७ लाख ५० हजार र श्रेष्ठले सिंगापुर पठाउँछु भनेर ७ लाख ८ हजार ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उनीहरूलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, इंग्ल्यान्डसँग भेट पक्का
-
लाउटारोको गोलसँगै अर्जेन्टिनालाई ३–१ को बलियो अग्रता
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण