प्रकाश सपुत लेख्छन्– ‘वसन्त’ बबाल लाग्यो भने म बबाल हुँ’
काठमाडौँ । प्रकाश सपूत अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको ५१ औँ दिन पार गर्दै सय दिनतिर अघि बढिरहेको छ । प्रकाश भने फिल्म ‘वसन्त’को काममा व्यस्त छन् । ‘वसन्त’ सपुतको लेखन, निर्देशन र अभिनय रहेको फिल्म हो ।
फिल्मका कारण सपुतले एक वर्षदेखि नयाँ गीत निकालेका छैनन् । देश तथा विदेशका कार्यक्रममा सहभागी भएको समेत देख्न सकिन्न । उनलाई लाग्छ, आफूबाट ‘वसन्त’ ले धेरै कुरा खोसेको छ । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एउटा पोस्टर शेयर गर्दै यो फिल्मले सङ्गीतबाट कमाएको साथीभाइ, स्टेजदेखि भोक निन्द्रा सबै खोसेको उल्लेख गरेका छन् ।
‘पूर्णबहादुरको सारङ्गी’ को प्रदर्शनमा समय दिन नपाएको प्रसङ्ग समेत निकाल्दै उनले स्ट्याटसमा लेखेका छन् । ‘सबैभन्दा महत्त्वपूर्ण योजना विपरीत बिचमा एउटा चलचित्रको प्रदर्शनमा मैले समय दिन नपाएपछि केही शुभेच्छुकहरूको नजरबाट मेरो इमान खोसेको छ । यसबाहेक भोक खोसेको छ । निद्रा खोसेको छ र म भित्रको एक शान्त मानिस खोसेको छ । तर, एकवारको जुनीमा आफ्नै सपनाको यो हद छोएकोमा म दंगदास छु । उसै पनि मलाई विश्वास छ ‘वसन्त’ मार्फत नै समयले खोसिएका सबै फेरि फिर्ता दिनेछ ।’
उनले फिल्ममा आफू भित्रका सबै रंगहरु पोखेको र आफ्नो प्रतिभाको दायरा यति नै रहेको जनाएका छन् । उनी लेख्छन्– ‘यदि ‘वसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । मेरो सीमितता यहिसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ । यसो भनौँ, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति ।’
फिल्ममा सपुतको अलवा स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादे लगायतका कलाकारको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण