सेयर बजार
४९ अंकले बढ्यो नेप्से, परिसूचक २६४० बिन्दुमा
सोमबार, २२ पुस २०८१, १५ : १५
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) ४९ अंकले बढेको छ । समग्रमा १.८९ प्रतिशतले बजार बढ्दा परिसूचक २६४०.६८ बिन्दुमा उक्लिएको हो ।
सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले बढेको छ ।
सोमबार कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार कुल २२६ कम्पनीको मूल्य बढ्यो । यसमध्ये आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो । सुपर मादी जलविद्युतको मूल्य ९.७० प्रतिशतले बढ्यो ।
सोमबार १२ वटा कम्पनीको मात्रै मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार नेप्सका सबै उपसमूहको सूचक बढेको छ । जलविद्युत्, लगानी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमालगायत समूहका कम्पनीले समग्र बजार बढाउन ठुलो भूमिका खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण