कांग्रेस (बीपी)का संस्थापक सभापति भट्टराईसहित १२ जना कांग्रेसमा प्रवेश
काठमाडौँ । नेपाली कांग्रेस (बीपी)का संस्थापक सभापति‚ संस्थापक महामन्त्री महामन्त्री‚ वरिष्ठ उपसभापति सहितका १२ जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
संस्थापक सभापति हरिबोल भट्टराईसहित संस्थापक महामन्त्री पुष्पराज पराजुली, वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल, उपसभापति विष्णुप्रसाद ढकाल, उपसभापति गोविन्द परियार, उपसभापति भरतराज शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा ती नेताहरूसहित नेपाली कांग्रेस बीपीका महामन्त्री भक्तराज भुसाल, सहमहामन्त्री ऋशव भट्टराई, प्रवक्ता शिवप्रसाद सिम्खडा, केन्द्रीय सदस्य यमबहादुर घले, केन्द्रीय सदस्य तथा नेविसंघ बीपी अध्यक्ष अञ्जान लामा र केन्द्रीय सदस्य केशव भट्टराई कांग्रेसमा प्रवेश गरेका हुन् ।
सभापति देउवाले भट्टराईलाई महासमिति सदस्यसहित ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य बनाएर पार्टीमा भित्राएका हुन् । यस्तै पुष्पराज शाहीलाई आमन्त्रित केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिको भूमिकामा पार्टीमा भित्र्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण