१० बैंकको पोर्टफोलियो मूल्यांकनकर्ता खोज्ने समय एक साता थप
काठमाडौं । वाणिज्य बैंकको पोर्टफोलियो मूल्यांकनकर्ताको लागि प्रस्तावना पेश गर्ने मिति एक साता थप भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यस्तो समय थप गरेको हो । योसँगै प्रस्तावकले प्रस्ताव गर्ने मिति जनवरी १३ सम्म थप भएको छ ।
यसअघि पुस ६ गते सूचना जारी गर्दै राष्ट्र बैंकले १५ दिनको समय दिएर आवेदन आह्जान गरेको थियो । यसको म्याद आज (मंगलबार) सकिँदै थियो ।
ती संस्थाहरूले प्रत्येक मूल्यांकन प्रक्रियामा सहभागी बैंकको ऋण पोर्टफोलियो समीक्षाका सबै तत्त्वहरूमा बाह्य परामर्शदाताद्वारा प्रतिवेदन जारी गर्ने र नेपालको बैंकिङ तथा वित्तीय प्रणालीमा परेको प्रभावको समग्र मूल्याङ्कन सहितको समग्र प्रतिवेदन सिफारिस गर्ने काम गर्नेछ ।
राष्ट्र बैंकले यसअघि गत मार्च २२ गते पहिलो पटक उक्त आशयपत्र खुला गरेको थियो । त्यतिबेला पनि १५ दिनको समय दिएर गरिएको आह्वानमा पाँचवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सर्टलिस्ट भएका थिए । यसरी सर्टलिस्टमा पर्नेमा नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीका सिएससी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबिए एन्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपिएमजी तसिर हादी एन्ड कम्पनी थिए ।
त्यसरी छनोट भएका संस्थाहरूसँग विस्तृत प्रस्तावना माग गरेकोमा राष्ट्र बैंकले भारतको केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ प्रालिलाई प्राविधिक मूल्याङ्कनमा योग्य ठहर्याएको थियो । तर, परामर्शदाता छनोटको अन्तिम प्रक्रियामा पुगेको राष्ट्र बैंकले सेप्टेम्बर ९ मा राष्ट्र बैंकले यो प्रक्रिया नै रद्द गरिदिएको थियो ।
लागत अनुमानको आधारमा उपलब्ध बजेट भन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएको कारण देखाउँदै राष्ट्र बैंकले ठेक्का अन्त्य गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण