इन्स्पेक्टर बनेर ठगेको आरोपमा युवक पक्राउ
सोमबार, २२ पुस २०८१, १८ : ००
काठमाडौँ । प्रहरीको इन्स्पेक्टर हुँ भनेर ठगेको आरोपमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित थापाचोकबाट एकजना पक्राउ परेका छन् । थापाचोक घर भएका ३८ वर्षीय सुदीप थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीले इन्स्पेक्टरको युनिफर्म लगाएको फोटो देखाएर प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ । उनले क्यानडा र अष्ट्रेलिया पठाउँछु भनेर ठग्ने गरेको एसपी आचार्यले जानकारी दिए ।
उनलाई प्रहरीको नक्कली परिचयपत्र र विशेष बढुवा सिफारिस सूचीको कागजात तयार गरिदिने प्रेस सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोर कुमार चौधरीलाई पनि पक्राउ गरिएको एसपी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण