सन्दिग्ध माओवादीको आक्रमणमा छत्तीसगढमा ९ सुरक्षाकर्मीको मृत्यु
सोमबार, २२ पुस २०८१, १९ : ३४
छत्तीसगढ । छत्तीसगढमा माओवादी प्रभावित विजापुरको कुत्रु बेन्द्रे सडकमा सन्दिग्ध माओवादीले गरेको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार यो आक्रमण आईईडी विस्फोटबाट गरिएको हो ।
बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेसनबाट फर्किँदै गर्दा आक्रमण भएको थियो। प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विस्फोट भएको थियो ।
विस्फोट यति शक्तिशाली थियो कि ८ जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भयो । केही सैनिक गम्भीर घाइते भएको पनि समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण