७ जिल्लाको प्रजिअ फेरिए, काठमाडौँमा ऋषिराम तिवारी
सोमबार, २२ पुस २०८१, १९ : ५१
काठमाडौँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । काठमाडौँको प्रजिअमा ऋषिराम तिवारीलाई ल्याइएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सुनसरीको प्रजिअमा धर्मेन्द्र कुमार मिश्र, कैलालीमा गोगन बहादुर हमाल, सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपाल कुमार अधिकारी र सल्यानमा सवित्रा पुन लाई सरुवा गरिएको छ ।
सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण