जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकारी चयन भएका छन् । पार्टी स्कुल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कुल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।
पार्टीको केन्द्रीय महिला विभागमा प्रमीला कुमारी र सचिवमा अञ्जना शेर्पा चयन भएका छन् । त्यसैगरी सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागको बैठकले प्रमुखमा विनीता यादव र उपप्रमुखमा वीणा सिन्हालाई चयन गरेको बताइएको छ ।
बुधबार पार्टी कार्यालयमा केन्द्रीय कानुन विभागको बैठक बसी आवश्यक पदाधिकारी चयन गर्ने कार्यतालिका रहेको बस्नेतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण