भूकम्पको असर : स्युचाटारमा घरको छतबाट हामफाल्दा १ जना घाइते, बारामा ११ विद्यार्थी बेहोस
काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पका कारण नेपालमा मानवीय क्षति नभए पनि केही भौतिक संरचनामा भने क्षति पुगेको छ ।
मंगलबार बिहान ६:५० बजे तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्यानिच्युडको भूकम्प गएको हो ।
गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । त्यस्तै रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ ।
ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । यता काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार जारी रहेको छ ।
त्यसैगरी, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको मन्त्रालयको भनाई छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण