भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
काठमाडौँ । चीनले सगरमाथा क्षेत्रको उडान बन्द गरेको छ । तिब्बत क्षेत्रमा गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पछि उक्त क्षेत्रमा प्रवेश अस्थायी रुपमा बन्द गरिएको चिनियाँ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
चीनले सगरमाथालाई माउन्ट चोमोलाङ्मा भन्ने गर्छ । डिङ्ग्रीलाई चोमोलाङ्माको आधार शिविर मान्ने गरेको छ । त्यहाँका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोले जनाएको छ ।
- नेपालले के गर्छ ?
भूकम्पको प्रभाव भन्दै चीनले सगरमाथा क्षेत्रको प्रवेशमा रोक लगाउँदा नेपाली पक्षले भने यसबारे कुनै निर्णय गरेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले यसबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।
२०७२ सालमा जस्तो यो भूकम्प ठुलो नभएको र क्षतिको अवस्था समेत नरहेकोले बन्द गर्नुपर्ने आवश्यकता समेत नहुन सक्ने प्रवक्ता लामिछाने बताउँछन् । ‘आधिकारिक रूपमा कुनै छलफल र निर्णय भएको अवस्था होइन । तर, अहिलेसम्म भौतिक क्षति भएको भन्ने घटनाहरू केही नआएकोले बन्द नै गर्नुपर्ने अवस्था नहुन सक्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण