प्रतियोगिताको पुरस्कार रकम नदिई भाग्ने दुई जना पक्राउ
मङ्गलबार, २३ पुस २०८१, १५ : ०६
कास्की । ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम घर भई कास्की पोखरा महानगरपालिका-६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र कास्की पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्री रहेका छन् ।
पोखरा राईडर्स क्लबको आयोजनामा २०८० चैत २३ र २४ गते सञ्चालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’ खेलमा प्रथम हुने खेलाडीलाई दिने भनी घोषणा गरेको १ लाख ५० हजार रुपैयाँ नदिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले खेल सञ्चालक तथा निर्देशक जगत र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिकलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण