८० अर्बको निक्षेप उपकरण आज बोलकबोल
बुधबार, २४ पुस २०८१, १३ : २५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) ८० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण बोलकबोल गर्दैछ । बजारको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप उपकरण जारी गर्न लागेको हो ।
१४ दिन अवधिको उक्त उपकरण माघ ९ गते परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थालाई कम्तीमा १० करोड र बढीमा ८० अर्ब नबढ्ने गरी ५ करोडले भाग जाने अंकमा बोलबकोल गर्न भनिएको छ ।
अहिले बजारमा झण्डै ७ खर्ब रुपैयाँ बराबरको तरलता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण