लागुऔषध मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ
बुधबार, २४ पुस २०८१, १९ : २२
काठमाडौँ । प्रहरीले कपिलवस्तुको बिजयपुर गाउँपालिका–१ बाट लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१ वर्षीय कृष्ण बहादुर चौधरी छन् ।
उनलाई अपराधमा संलग्न भएर फरार भएको २५ वर्षपछि पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए । २०५६ चैतमा कपिलवस्तु जिल्ला अदालतले चौधरीलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
फैसला पछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको टोलीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । अदालतका आदेश अनुसार उनलाई कारागार चलान गरिएको एसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण