चीनमा भूकम्प : हालसम्म १२ सयभन्दा बढी परकम्प
बिहीबार, २५ पुस २०८१, १५ : ५३
काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको हो ।
मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस यता सबैभन्दा ठुलो ४.४ म्याग्निच्युडको परकम्प रहेको छ । ३ म्याग्निच्युडभन्दा माथिका ३३ वटा परकम्प गएको त्यहाँको रिजनल अर्थक्वेक ब्युरोले जनाएको छ ।
भूकम्पमा परी १ सय २६ जनाले ज्यान गुमाएका छन् भने १ सय ८८ जना घाइते भएका छन् । त्यस्तै, भग्नावशेषमा फसेका ४ सय ७ जनाको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण