बागमती प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यले लिए शपथ
हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषदमा नियुक्त भएका १० जना सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार एक कार्यक्रमका बिच प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले परिषद्का १० सदस्यलाई शपथ ग्रहण गराएकी हुन् ।
मन्त्री खड्गीले परिषद्का सदस्यहरू रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले शपथ ग्रहण गराएकी हुन् । उनीहरूलाई गत मङ्सिर १० मा बसेको मन्त्रिपरिषद् बैठकले सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै मन्त्री खड्गीले सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रे)ले शपथ गराएकी थिइन । उनीहरूलाई मन्त्री खड्गीले मन्त्रीस्तरको निर्णयबाट सोमबार नियुक्त गरेकी थिइन ।
कार्यक्रममा सामाजिक विकास मन्त्री खड्गीले परिषद्का सदस्यहरूलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको हितका लागि काम गर्न सुझाव दिइन् । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरूलाई परिषद्को सदस्यमा मनोनीत गरिएको बताए । बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग मिल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण