यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँभन्दा बढी ठगी
बिहीबार, २५ पुस २०८१, १८ : ३४
काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।
उनले एक जनासँग ३१ लाख ५० हजार रुपैयाँ पैसा लिएर सम्पर्कविहीन भएका थिए । पीडितले दिएको जाहेरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाहाललाई बुधबार पक्राउ गर्न सफल भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण