चीनमा गएको भूकम्पबाट भएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त
शुक्रबार, २६ पुस २०८१, १४ : १०
काठमाडौँ । चीनमा गएको भूकम्पबाट भएको क्षतिप्रति विप्लव नेतृत्वको नेकपाले दुःख व्यक्त गरेको छ ।
सिजाङ स्वायत्त क्षेत्रमा पर्ने शिगात्से शहरको डिङ्ग्री केन्द्रबिन्दु बनाएर पुस २३ गते शक्तिशाली भूकम्प गएको थियो ।
नेकपाका अन्तर्राष्ट्रिय विभाग सचिव खगेश्वर सीले जारी गरेको विज्ञप्तिमा प्राकृतिक प्रकोपले निम्त्याएको यस दुःखद घडीमा, चीन, चिनियाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गरिएको छ ।
भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेकपाले शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण