व्यवसायी लामालाई आक्रमण गर्ने पाँचौँ आरोपी पक्राउ
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ ।
आक्रमणमा संलग्न आरोपमा गोरखाको आरुघाट गाउँपालिका–८ घर भएका २९ वर्षीय सिजन अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । आक्रमणमा संलग्न आरोपमा पक्राउ परेका उनी पाँचौँ आरोपी हुन् । प्रहरी स्रोतका अनुसार उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो ।
यसअघि शैलेन्द्र तामाङ उर्फ मार्शल, गोरखाको फुजेल घर भएका निश्चल सुनार, टिका भण्डारी र खोटाङ घर भएका पदम राई पक्राउ परेका थिए । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीले संगठित रूपमा ज्यान मार्ने उद्योग गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ । आक्रमणमा संलग्न अजय लामा र दीपक बरामु फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै
-
हप्ताको दुई दिन अनिवार्य जनताको गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेसकाे निर्देशन
-
त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै नेपाल पुलिस क्लबलाई जय ट्रफी
-
गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै
-
हुम्लामा बाक्लो हिमपात
-
बाँकेमा सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन