व्यवसायी लामालाई आक्रमण गर्ने पाँचौँ आरोपी पक्राउ
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ ।
आक्रमणमा संलग्न आरोपमा गोरखाको आरुघाट गाउँपालिका–८ घर भएका २९ वर्षीय सिजन अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । आक्रमणमा संलग्न आरोपमा पक्राउ परेका उनी पाँचौँ आरोपी हुन् । प्रहरी स्रोतका अनुसार उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो ।
यसअघि शैलेन्द्र तामाङ उर्फ मार्शल, गोरखाको फुजेल घर भएका निश्चल सुनार, टिका भण्डारी र खोटाङ घर भएका पदम राई पक्राउ परेका थिए । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीले संगठित रूपमा ज्यान मार्ने उद्योग गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ । आक्रमणमा संलग्न अजय लामा र दीपक बरामु फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण