थानकोटमा युवतीमाथि चक्कु प्रहार, एकजना पक्राउ
शुक्रबार, २६ पुस २०८१, २१ : ५७
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भएकी छन् । उनको घाँटीको पछाडीको भाग र अनुहारमा चोट लागेको छ । उनलाई उपचारको लागी ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
चक्कु प्रहारमा संलग्न रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्रबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवती र आरोपी पूर्व परिचित हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण