नामीको नयाँ अत्याधुनिक शोरुम उद्घाटन
काठमाडौँ । एमएडब्ल्यू वृद्धि मोटर्सद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्न लागेको जानकारी दिएको छ ।
नक्सालको नागपोखरीमा आयोजित उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरू सँगै नामीका ग्राहकहरू र मिडिया क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
अगस्ट, २०२४ मा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको बताउँदै आएको छ।
“नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं”, एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।”
नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण