महाकुम्भ सुरु, १ करोड भक्तजन पुग्ने
नयाँ दिल्ली । भारतमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान हो । यस अवसरमा १ करोड भक्तजनले संगममा स्नान गर्नेछन् ।
संगम नाकामा हरेक घण्टा २ लाख मानिस नुहाउने गर्छन् । आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् ।
संगम नोज सहित करिब १२ किलोमिटर क्षेत्रमा नुहाउने घाट निर्माण गरिएको छ । संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । महाकुम्भमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । जसका कारण भक्तजनहरू संगम पुग्न १०–१२ किलोमिटर पैदल हिँडिरहेका छन् ।
६० हजार सैनिक सुरक्षा व्यवस्था कायम गर्न खटिएका छन् । प्रहरी कर्मचारीले स्पिकरबाट लाखौँको सङ्ख्यामा भीडलाई व्यवस्थित गरिरहेका छन्। कमाण्डो र अर्धसैनिक बलका जवानहरू पनि विभिन्न ठाउँमा तैनाथ छन्।
अत्यधिक चिसोमा विदेशी भक्तजनहरू पनि डुब्ने गरेका छन् । एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स पनि महाकुम्भमा पुगेकी छन् ।
१४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण