बीआरआई सम्झौताबारे सांसद र मन्त्रीबिच सवाल जवाफ
काठमाडौँ । सांसदहरूले नेपाल र चीनबिच भएको बीआरआई सम्झौताबारे सरकारसँग जवाफ मागेका छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा विभिन्न दलका सांसदहरूले परराष्ट्रमन्त्री आरजु राणासँग जवाफ मागेका हुन् ।
बैठकमा सांसद नेपाली कांग्रेसका सांसद योगेश गौचनले बीआरआई सम्झौतामा ग्रान्डका ठाउँमा एड भनेर गरेको सम्झौताले ऋण लिने ठाउँ दिएको हो ? भन्दै प्रश्न गरेका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिङ पिङ सन् २०१९ मा नेपाल आउँदा ५६ अर्ब दिने भन्दै गरेको प्रतिबद्धता के भएको छ ? भन्ने प्रश्न समेत गरे ।
त्यस्तै राप्रपाका पशुपतिशमशेर जबराले चीनसँग भएको ऋण सम्झौताले त्रास थपेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौता भयो । ऋण पनि लिन सक्ने भनेर सही गरेका छौं । तितो अनुभव श्रीलङ्का र पाकिस्तानले भोगेकाले , किन ऋण लिइयो ?’
त्यस्तै कांग्रेस नेता विलेन्द्र निधिले चीन भ्रमणका क्रममा भएका सम्झौताका सबै दस्ताबेजहरू उपलब्ध गराउन मन्त्री राणासँग आग्रह गरे । उनले चीन भ्रमण पहिले बीआरआई अनुदान बाहेक हुन्न भने प्रधानमन्त्रीको पनि प्रतिबद्धता रहेको बताउँदै अन्तिम चरणमा प्रमकै संलग्नतामा हस्ताक्षर भएको भन्ने सुन्नमा आएको बताए । प्रधानमन्त्रीकै हस्ताक्षर भएको कुरा सुन्नमा आएकोले त्यसबारे बुझ्न प्रमलाई नै समितिमा बोलाएर जानकारी लिनुपर्ने उनले बताए ।
सांसदहरूका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री राणाले बीआरआई सम्झौता थुप्रै चोटि अध्ययन गरेर गरिएको बताइन् । उनले अहिले बीआरआई अन्तर्गत आउने सबै प्रोजेक्ट एड फाइनान्सिङमा आउने समेत प्रस्ट पारेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण