समाजवादी मोर्चाको बैठकअघि भोलि कार्यदलको बैठक बस्ने
काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बस्ने भएको छ । प्रचण्ड प्रधानमन्त्रीबाट सत्ताच्युत भएपछि लामो समय निष्क्रिय रहेको मोर्चाको बैठक बुधवार बस्ने टुङ्गो लागेपछि कार्यदलको भोलि बस्न लागिएको हो । बैठक दिउँसो ३ बजे बस्ने कार्यदल सदस्य एवं नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
साउन १ गते माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मोर्चाको गतिविधिबारे समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो । तर माओवादीले मोर्चालाई बेवास्ता गरेपछि बैठक बस्न सकेको थिए । अहिलेसम्म पनि प्रतिवेदन टुङ्गो नलागेको श्रेष्ठले बताए । यता ६ महिनापछि बस्न लागिएको मोर्चाको बैठकले विगतका कामको समीक्षा गरी सरकार विरोधी कार्यक्रम ल्याउनेबारे छलफल हुने श्रेष्ठले बताए ।
‘मोर्चाको बैठक पहिला २ गते बस्ने भनिएको थियो । पछि विप्लवजीले आफू बाहिर भएकाले ७ गते मात्र बैठक बस्ने भनिएको थियो । फेरि माघ २ गते नै बैठक बस्ने खबर आएको छ । कार्यदलको बैठकले प्रतिवेदन तयार गरी मोर्चाको बैठकमा पेस गर्नेछौं’, उनले भने ।
कार्यदलमा श्रेष्ठसहित माओवादीका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन् । आलोपालो प्रणाली अनुसार मोर्चाको नेतृत्व अहिले विप्लवले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण