व्यवसायी लामालाई आक्रमण गर्ने ७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामालाई आक्रमण गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता रमेश भट्टराईले सोमबार अदालतमा मुद्दा दायर गरेका हुन् ।
पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा ५ जना पक्राउ परेका थिए । विक्रम लामाको पूर्व भाउजू धरान घर भएकी लक्ष्मी राई, धादिङ घर भएका रमेश सिलवाल, गोरखा घर भएका सिजन अधिकारी, निश्चल सुनार, दीपक बरामु, नुवाकोट घर भएका शैलेन्द्र तामाङ उर्फ मार्शल र अजय लामालाई प्रतिवादी कायम गरिएको छ ।
आक्रमणमा संलग्न गोरखाको आरुघाट गाउँपालिका–८ घर भएका २९ वर्षीय सिजन अधिकारीलाई प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । पक्राउ परेका मध्येका टिका भण्डारीलाई मुद्दामा प्रतिवादी बनाइएको छैन ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ । आक्रमणमा संलग्न अजय लामा र दीपक बरामलाई फरार प्रतिवादी कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण