प्रचण्डको दाबी – ओली सरकार बनाउन संविधानविपरित राष्ट्रपतिलाई दबाब दिइयो
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएर संविधानको धारा ७६(३) अनुसार सरकार गठन हुन नदिएको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालले सिन्धुपाल्चोकको सुकुटेमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर असंवैधानिक सरकार बनाएको खुलासा गरेका हुन् ।
मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेले अपारदर्शी, अप्राकृतिक र असंवैधानिक सरकार बनाएको आरोप लगाउँदै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार बन्न नदिने रणनीति अनुसार नै संसदबाट विश्वासको मत लिएको जिकिर गरे ।
‘यो अपारदर्शी र अप्राकृतिक सरकार बन्न नदिन विश्वासको मतका निम्ति अन्तिममा म भोटिङमा गएँ । भोटिङमा गएपछि फेल भयो । फेल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा दलको नेता प्रधानमन्त्री हुनुपर्ने थियो । तर उहाँहरू(कांग्रेस र एमाले)ले संविधान मिच्नुभयो’, प्रचण्डले भने, ‘राष्ट्रपतिजी अन्तिम समयसम्म संविधानको धारा ७६(३) अनुसारको सरकार बनाउन तयार पनि हुनुपर्थ्यो । तर मैले बुझेअनुसार राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो । त्यसैले यो सरकारलाई मैले असंवैधानिक भनेको हुँ ।’
यद्यपि ओली सरकारको आयो धेरै लामो नभएको भन्दै अरूले नभई आफै ढल्ने दाबी गरे । सरकारप्रति कांग्रेस संस्थापन पक्षकै असन्तुष्टि र सरकारको गतिविधिका कारण सरकार ढल्नुको मुख्य आधार भएको प्रचण्डको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण