१२ वटा मुद्दामा फरार महिला पक्राउ, करिब १ करोड बिगो
मङ्गलबार, ०१ माघ २०८१, १२ : ५२
काठमाडौँ । एक दर्जन मुद्दामा फरार महिलालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगन्ज घर भएकी सुधा बस्नेत छिन् ।
५७ वर्षीय बस्नेतलाई फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उच्च अदालत पाटनबाट बैकिङ्ग कसुरको १२ वटा मुद्दा फैसला भएपछि उनी फरार थिइन् ।
उनीविरुद्ध केश कुमार श्रेष्ठ समेतले जाहेरी दिएका थिए । उनीविरुद्ध ९० लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना असुल गर्नुपर्ने अदालतको फैसला छ । बस्नेतलाई उच्च अदालत पाटनमा उपस्थित गराइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण