१.८३ अंकले बढ्यो नेप्से
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से)को वृद्धि स्थिरजस्तै देखियो । १.८३ को सामान्य अंकले बजार बढ्दा परिसूचक २५९६ बिन्दुमा पुगेको छ ।
बुधबार १२४ कम्पनीको मूल्य बढ्दा १०८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार कुल ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मूल्य बढेकामध्ये डोल्टी पावर, सुपर मादी हाइड्रो, बाराही हाइड्रो, श्वेतगंगा हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । डोल्टीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लागेको छ । न्याग्दी हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लाग्न पुग्यो । त्यस्तै पोखरा फाइनान्स लिमिटेडको मूल्य ९ प्रतिशतले घटेको छ ।
बुधबार विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् समूहका कम्पनीले बजारलाई थोरै भरथेग गरे । यी उपसमूहको सूचक क्रमशः १.०८, १.६३ र १.७६ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण