दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढ्यो

काठमाडौँ । नेपालमा दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढेको पाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ छलफलमा दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढेको बताइएको हो ।
डा. रोजनाथ पाण्डेले दिगो विकास लक्ष्यमा गत वर्ष ३५ प्रतिशत खर्च भएकोमा यो वर्ष ४५ प्रतिशत पुगेका बताए । ‘गत वर्ष ३५ प्रतिशत कोडिङ नभएको रकम खर्च भएको थियो, यो वर्ष ४५ प्रतिशत पुगेको छ,’ उनले भने, ‘प्रदेशगत र केन्द्रमा शीर्षक बिनको खर्च बढेको छ ।’
समितिका सभापति कमलादेवी पन्तले प्रतिवेदनले औँल्याएको शीर्षक विहीन खर्चबारे गम्भीरता पूर्वक लिएर अध्ययन गर्नुपर्ने बताइन् ।
छलफल कार्यक्रममा समितिका पूर्वसभापति प्रकाश पन्तले कागजी प्रतिवेदनले निकालेको ७८ वटा बुँदा कार्यान्वयनमा जानुपर्ने बताए ।
नेपालले १७ वटा लक्ष्यमध्ये १६ वटा अवलम्बन गरेको छ । नेपालको प्रगति हालसम्म ७ वर्षमा ३९.६ प्रतिशत र आगामी २०३० सम्ममा अनुकूल स्थिति रहेमा ५९.७ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा
-
त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण
-
१० बजे १० समाचार : फेरियो राजावादीको रणनीति, बन्धक बन्यो प्रतिनिधिसभा
-
जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने