दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढ्यो
काठमाडौँ । नेपालमा दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढेको पाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ छलफलमा दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढेको बताइएको हो ।
डा. रोजनाथ पाण्डेले दिगो विकास लक्ष्यमा गत वर्ष ३५ प्रतिशत खर्च भएकोमा यो वर्ष ४५ प्रतिशत पुगेका बताए । ‘गत वर्ष ३५ प्रतिशत कोडिङ नभएको रकम खर्च भएको थियो, यो वर्ष ४५ प्रतिशत पुगेको छ,’ उनले भने, ‘प्रदेशगत र केन्द्रमा शीर्षक बिनको खर्च बढेको छ ।’
समितिका सभापति कमलादेवी पन्तले प्रतिवेदनले औँल्याएको शीर्षक विहीन खर्चबारे गम्भीरता पूर्वक लिएर अध्ययन गर्नुपर्ने बताइन् ।
छलफल कार्यक्रममा समितिका पूर्वसभापति प्रकाश पन्तले कागजी प्रतिवेदनले निकालेको ७८ वटा बुँदा कार्यान्वयनमा जानुपर्ने बताए ।
नेपालले १७ वटा लक्ष्यमध्ये १६ वटा अवलम्बन गरेको छ । नेपालको प्रगति हालसम्म ७ वर्षमा ३९.६ प्रतिशत र आगामी २०३० सम्ममा अनुकूल स्थिति रहेमा ५९.७ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण