कांग्रेस बैठक
हप्ताको दुई दिन अनिवार्य जनताको गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेसकाे निर्देशन
बिहीबार, ०३ माघ २०८१, १३ : ५५
काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसले पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेर पार्टीले यस्तो निर्णय गरेको हो । बैठक पश्चात् जानकारी दिँदै प्रमुख सचेतक श्याम घिमिरेले पालैपालो मन्त्रीले जनता र कार्यकर्ताको गुनासो पार्टी अफिसमा गएर सुन्न निर्देशन दिइएको बताए ।
‘हप्तामा दुई दिन खुल्ला भेटघाट गर्ने, पार्टी अफिसमा गएर कार्यकर्तासँग भेटघाट गर्ने र नागरिकको गुनासो सुन्न निर्देशन दिएका छौँ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण