कांग्रेस बैठक
हप्ताको दुई दिन अनिवार्य जनताको गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेसकाे निर्देशन
बिहीबार, ०३ माघ २०८१, १३ : ५५

काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसले पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेर पार्टीले यस्तो निर्णय गरेको हो । बैठक पश्चात् जानकारी दिँदै प्रमुख सचेतक श्याम घिमिरेले पालैपालो मन्त्रीले जनता र कार्यकर्ताको गुनासो पार्टी अफिसमा गएर सुन्न निर्देशन दिइएको बताए ।
‘हप्तामा दुई दिन खुल्ला भेटघाट गर्ने, पार्टी अफिसमा गएर कार्यकर्तासँग भेटघाट गर्ने र नागरिकको गुनासो सुन्न निर्देशन दिएका छौँ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु