रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रीहरूलाई बोलाएर आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका भौतिक परियोजना र कार्यक्रमहरूलाई सम्पन्न गराउने विषयमा गति बढाउन निर्देशन दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा मन्त्रीहरुलाई पनि बोलाएर सभापति देउवा सहितका पदाधिकारीहरूले यस्तो निर्णय गरेका हुन् । पार्टी प्रमुख सचेतक श्याम घिमिरेले ‘विगत देखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरू सम्पन्न गराउने प्रकृयामा गती बढाउन’ निर्देशन दिने निर्णय भएको जानकारी दिए ।
‘जस्तो कतिपय आयोजनाहरू बजेटका अभावले थन्किएर बसेका छन् । कतिपय आधा सकिएर आधा बाँकीनै छन् । त्यसलाई चाडो अधी बढाउन निर्देशन दिने निर्णय भएको हो‚’ उनले भने ।
यस्तै बैठकले चालू आर्थिक वर्षको बजेटमा रहेका तर स्रोत सुनिश्चित पर्खाइमा रहेका र टेन्डर हुन नसकेका मात्र होइन निर्माण सुरू भएका तर अपेक्षित गतिमा काम नभइरेका विकास आयोजनालाई सम्पन्न गराउने आवश्यक पहल कदमी लिने निर्णय पनि गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण