आजै लगनगाँठो कस्दै मेलिना, को हुन् बेहुला ?
काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज (शुक्रबार) विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ ।
दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् । विवाह समारोह स्थलको सजावट बिहीबार नै गरिएको छ । विवाहस्थल प्रवेश गेट मेलिना र ध्रुवको नाम लेखेर फूलैफूलले सजाइएको छ ।
मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् । इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बताइन्छ ।
विवाहको तयारी केही साता अगाडिबाट सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए । जसको तस्बिर बिहीबार सार्वजनिक भएको थियो । उनीहरूले जातीय पोसाकमा इन्गेजमेन्ट गरेका थिए ।
विवाह गर्न लागेकी मेलिनालाई सामाजिक सञ्जालबाट सेलिब्रेटी तथा सर्वसाधारणले बधाई तथा शुभकामना दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण