स्तनपानको विकल्पलाई अनुचित बजारीकरण नगर्न आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तनपानको विकल्पलाई अनुचित बजारीकरण नगर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै स्तनपानलाई निरुत्साहित गर्ने वस्तुहरूको अनुचित बजारीकरण नगर्न आग्रह गरेको हो ।
‘मातृ शिशु मैत्री अभियान अन्तर्गत सम्पूर्ण सरोकारवालाहरूलाई स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्दै स्तनपानलाई निरुत्साहित गर्ने वस्तुहरूको अनुचित बजारीकरणलाई नियन्त्रण गर्न बनेको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली २०५१ को प्रावधान लगायत अन्य दफाहरूका बारेमा अवगत गराउने कार्यहरू भइरहेको जानकारी गराउँदछौ’ सूचनामा उल्लेख छ ।
कहिँ कतै उक्त ऐन र नियमावलीको उल्लङ्घन भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउन मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले उल्लेख गरेका छन् ।
शिशु जन्मिएपछि जतिसक्दो चाँडो (एक घण्टाभित्र) अनिवार्य रूपमा खुवाउनुपर्ने आमाको बिगौती दूधले भविष्यमा बालबालिकाहरूलाई विभिन्न प्रकारका रोगहरूको जोखिमबाट टाढा राख्ने र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दछ ।
आमाको दूधमा शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू पर्याप्त मात्रामा पाइने हुनाले शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ र ६ महिना पश्चात् पोसिलो थप खानाका साथै कम्तीमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण