६ महिनामा १ लाख १० हजारले गरे चितवन राष्ट्रिय निकुञ्जको भ्रमण

काठमाडौँ । ६ महिनाको अवधिमा १ लाख १० हजार ३४५ जनाले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपाली ५३ हजार १०३ जना, सार्क मुलुकका १० हजार ८५० जना र अन्य विदेशी ४६ हजार ३९२ जना गरी जम्मा १ लाख १० हजार ३४५ जना पर्यटकले राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।
यसबाट १३ करोड एक लाख छयालीस हजार चार सय पचास रुपैयाँ आम्दानी भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अवधिमा यस राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडाको आक्रमणमा परी दुई जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
यस्तै पौष १ गतेदेखि २९ गतेसम्म बिना अनुमति राष्ट्रिय निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने १४ जना, माछा मार्ने ३ जना, गैडासँग सम्बन्धित कसुर गर्ने १ जना गरी जम्मा १८ जना मानिसहरूलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरिएको पनि निकुञ्जले जनाएको छ । यसै अवधिमा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानहरूबाट अजिङ्गर ४ वटा, भाले गैँडा १ वटा, भाले कालो स्टर्क १ वटा गरी जम्मा ६ वटा वन्यजन्तुहरूको उद्धार तथा पुनर्स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार