एमाले विराटनगरमा विवाद: सापकोटाले दिए राजीनामा
विराटनगर । नेकपा एमाले विराटनगरको विवाद फेरि सतहमा आएको छ ।
एमाले विराटनगर कमिटीको पुस २९ गते बसेको बैठकले वडा नम्बर ३ सहित ५ वटा वडामा अधिवेशन गराउने गरी ३० दिनको म्याद दिएर नयाँ वडा कमिटी गठन गरेपछि फेरि विवाद सुरु भएको हो । एमाले विराटनगर कमिटीको बैठकले वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटालाई महानगर कमिटी सदस्यमा मनोनीत गरेको थियो ।
तर, उनले वडा कमिटी अध्यक्षलाई न्याय नभएसम्म कुनै पनि कमिटीमा नबस्ने भन्दै राजीनामा दिएको घोषणा गरेका छन् । सापकोटाले बिहीबार जारी गरेको राजीनामा पत्रमा वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारबाही फिर्ता नगरेसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताएका हुन् ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीले तत्कालीन महानगर कमिटी अध्यक्ष सागर थापा, सहसचिव नवराज नेपाल टुप्पीसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर कारबाही गरेपछि देखिएको विवाद केही समय मत्थर हुन नपाउँदै फेरी बल्झिन थालेको हो ।
सापकोटाले सबैको साझा धारणा अनुसार पार्टी सदस्यका रूपमा बस्ने तर कुनै पनि पद अस्वीकार गर्ने जनाएका हुन् । एमाले स्रोतका अनुसार नव गठित वडा कमिटीका अधिकांश सदस्यहरूले समेत राजीनामाको तयारी गरिरहेका छन् ।
माथिल्लो तहमा रहेकाहरूलाई हतोत्साहित गर्ने गरी तल झारेको र पार्टीका अरू सङ्गठित सदस्यलाई समेत कमिटी सदस्यमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
-
जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण