विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे
शनिबार, ०५ माघ २०८१, १८ : १६
धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् ।
छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको तर्क गरे ।
बुढी गण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उक्त कुरा बताएका हुन्।
बुढी गण्डकी सरकारले उच्च महत्त्व दिएका जल विद्युत् आयोजना मध्य एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो । नरसिंह धामको संरक्षणको लागि १ अर्ब ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना अगाडि सारिएको छ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले विस्तृत अध्ययनपछि मात्र यो विषय टुङ्गो लगाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण