ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का लागेको छ । शनिबार राती भएको खेलमा एटलेटिकोलाई लेगानेसले १-० गोल अन्तरले हराएको हो ।
निर्धारित समयको अन्तिम केही सकेण्डमा एन्टोनी ग्रिजम्यानले प्रहार गरेको पेनाल्टी खेर गएपछि शीर्ष क्लब १-० ले स्तब्ध भएको हो । लेगानेसका लागि ४९ औं मिनेटमा माटिजा नास्टासिकले गोल गरेका थिए । योसँगै एटलेटिकोको हार सूचीमा एक खेल थपिएको छ ।
हालसम्म खेलेका २० मध्ये एटलेटिकोले २ खेल गुमाएको छ । ४४ अंक जोडेको एटलेटिको ४४ अंकसहित हालसम्म शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको रियाल मड्रिड ४३ अंकसहित दोस्रो स्थानमा छ । यो पल्ट बार्सिलोनाले भने ला लिगामा गति पक्डिन सकेको छैन । एटलेटिको र रियाल मड्रिडले समान २-२ खेल गुमाउदा बार्सिलोनाको हार खातामा ५ खेल पुगिसकेको छ ।
यसैगरी, ला लिगा अन्तर्गत शनिबार राती भएका अन्य खेलमा सेभियाले गिरोनालाई २-१ ले हराउँदा डेपोर्टिभो अलाभेसले रियाल बेटिसलाई ३-१ गोल अन्तरले स्तब्ध तुल्यायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण