राजनीति
सचिवालय बैठक बोलाउने एमालेको तयारी
आइतबार, ०६ माघ २०८१, ०९ : ४०

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको बताए ।
‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’, अधिकारीको भनाइ छ । केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर जारी गर्नुअघि सर्कुलरलाई अन्तिम रूप दिन एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
बर्दिबासमा मोटरसाइकल चोरीको गिरोह पक्राउ
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता