राजनीति
सचिवालय बैठक बोलाउने एमालेको तयारी
आइतबार, ०६ माघ २०८१, ०९ : ४०
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको बताए ।
‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’, अधिकारीको भनाइ छ । केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर जारी गर्नुअघि सर्कुलरलाई अन्तिम रूप दिन एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण