गाजामा युद्धविराम तत्कालै सुरु नगर्न इजरायली सेनालाई नेतन्याहुको आदेश
तेल अभिभ । हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम नगर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सेनालाई आदेश दिएका छन् ।
नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई युद्धविराम सुरु नगर्न भनेको उनको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजे सुरु हुने भनिएको थियो । युद्ध विराम लागू गर्न जमिनमा प्राविधिक कारणले ढिलाइ भइरहेको बताइएको छ ।
गाजा युद्धविराम सम्झौताको पहिलो चरण अस्थायी युद्धविराम भएको र सम्झौता भङ्ग भयो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार भएको शनिवार राति नेतन्याहुले भनेका थिए । यसलाई अमेरिकाले पनि समर्थन गरेको भनिएको थियो ।
इजरायले हमासले रिहा गर्न लागेका बन्दीमध्ये अझै तीन बन्धकहरूको नाम पर्खिरहेको नेतान्याहुको कार्यालयले भनेको थियो । युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि रिहा हुन लागेका बन्दीहरूको नाम सार्वजनिक गर्नु पर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण