बैंकहरुको खराब वित्तीय विवरणबिच बढ्यो सेयर बजार
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको खराब वित्तीय विवरणका बाबजुद सेयर बजार परिसूचक सकारात्मक अंकमा रोकिएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) ६.७८ अंकले बढेको हो ।
बजारमा सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार बैंक तथा वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । यो अनुसार वाणिज्य बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा ४.६१ प्रतिशतले कम हो । त्यस्तै, विकास बैंक तथा वित्त कम्पनीको नाफा समेत घटेको देखिएको छ । उच्च तरलता, लगानी हुन नसकेको अवस्था र उच्च निष्क्रिय कर्जाका कारण बैंकहरुको रिपोर्ट राम्रो नआउने अनुमान यसअघि नै गरिएकोले बजारमा यसको धेरै ठुलो नकारात्मक प्रभाव देखिएको छैन ।
सोमबार बजारमा वाणिज्य बैंक समूह ०.२० प्रतिशत, विकास बैंक ०.६० प्रतिशत र वित्त कम्पनी २.५३ प्रतिशतले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स र हाइड्रो समूहमा समेत सामान्य गिरावट देखिँदा अन्य समूह भने बढेका छन् ।
सोमबार बजारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ । बजारमा सोमबार विन नेपाल लघुवित्त, सुपर मादी लघुवित्त र विगुल इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण