पकेट मारेको मोबाइल पसलमा राखेर रकम ठगेको आरोमा २ जना पक्राउ
सोमबार, ०७ माघ २०८१, १९ : ५०
काठमाडौँ । पाकेट मारेको मोबाइल पसलहरूमा डिक राखेर रकम लिएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३५ वर्षीय ध्रुव कुमार राय र काठमाडौँ महानगरपालिका–२४ बस्ने ४१ वर्षीय राजन डंगोल छन् ।
‘अर्जेन्ट पैसा चाहिएको छ, एकदुई घण्टामा फिर्ता ल्याइदिन्छु’ भनेर उनीहरूले चोरीको मोबाइल राखेर रकम ठगेर हिँड्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
चोरी गरेका महत्त्वपूर्ण कागजात र सर्टिफिकेटहरू पनि उनीहरुले डिक राखेर झुक्यानमा पारेर रकम लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण