विवाहको तस्बिर पोस्ट गर्दै मेलिनाले भनिन्, ‘म भाग्यमानी महसुस गर्दैछु’
सोमबार, ०७ माघ २०८१, २० : ३७

काठमाडौँ । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । केही दिनअघि उनले इलामका ध्रुव गुरुङसँग लगनगाँठो कसेकी हुन् ।
अहिले उनले विवाहका केही तस्बिरहरू पोस्ट गर्दै आफ्नो पतिप्रति प्रेमभाव प्रस्तुत गरेकी छिन् । उनले लेखेकी छन्, ‘प्रिय श्रीमान्, मेरो जीवनमा तपाईँलाई पाउँदा धेरै भाग्यमानी र खुसी महसुस गर्दैछु ।’
यता, उनका श्रीमान् ध्रुवले पनि सामाजिक सञ्जालमा मेलिनाको तारिफ गर्दै लेखेका छन्, ‘प्यारी श्रीमती, तिमीसँग विवाह गर्नु मेरो जीवनको सबैभन्दा राम्रो निर्णय हो। तिमी मेरो जीवनमा भएको सबैभन्दा राम्रो कुरा हो। तिमीलाई धेरै माया गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
बारामा मदन आश्रितका नाममा ३ करोड बजेट
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै