आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

विराटमाथि रिस पोख्दै राखी सावन्तले भनिन्, ‘दिनरात रक्सी पिएर बस्छौ, कसरी खेल जित्छौ ?’

मङ्गलबार, २७ असार २०७४, १४ : १७
मङ्गलबार, २७ असार २०७४

बलिउडमा ड्रामा क्विनको नामले चर्चित राखी सावन्त विवादित बयानका कारण मिडियामा छाइरहन्छिन् । कहिले उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे विवादित बयान दिन्छिन् भने कहिले प्रधानमन्त्री मोदीबारे । अब राखीको निशानामा टिम इन्डिया आएको छ ।

विराटमाथि भड्किइन् राखीः

च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग हारेको टीम इन्डियामाथि राखी निकै रिसाएकी छिन् । उनले आफ्नो रिस विशेषगरी टिम इन्डियाका कप्तान विराट कोहलीमाथि पोखिन् । राखीले विराट कोहलीसँग भनिन्, ‘रातभरी रक्सी पिउँछौ भने कसरी जित्छौ, छोडिदेउ यी सब ।’

विराटलाई दिइन् यस्तो सल्लाहः

राखीले कोहलीमाथि निकै मज्जाले आफ्नो रिस फेरिन् । विराटको समूहले खेलपूर्व अत्यधिक रक्सी पिएको आरोप लगाइन् । ‘रक्सी पिएकैले उनीहरुले खेलमा रन बनाउन पाएनन् र यति ठूलो अन्तरले हारे,’ उनले रिसाउँदै भनिन् ।

राखीले आफ्नै शैलीमा विराटलाई चेतावनी पनि दिइन् र उनलाई रक्सी र चुरोट कम गर्ने सल्लाह पनि दिइन् । न्यूज पोर्टल फर्स्ट पोष्टसँग दिएको एक अन्तर्वार्तामा राखीले विराटलाई पूरा देशले माया गर्ने तर पाकिस्तानसँग धोबी हारेपछि त्यसको उनको घमण्डलाई चक्नाचुर गरिदिएको भन्दै आलोचना गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप